वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास
७ असार, झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उनले सुनाए । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु […]











