३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास

२८ वैशाख, काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा भवन बन्न लागेको हो । पाटन नगरप्रमुख गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा भवनको […]

मुख्‍य समाचार समाचार

संसद नचले त्यसको जिम्मा सरकारले लिनुपर्ने

२८ वैशाख, काठमाडौं ।प्रतिनिधि सभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने बताएको छ । बिहीबार सुरु भएको बैठकको बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भएको उल्लेख गर्दै छानविन समिति नबनेसम्म संसद नचले त्यसको जिम्मा सरकारले […]

मुख्‍य समाचार समाज

विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनको स्वरुप नै बदल्नेछ संयोजक गिरी

२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुका उपाध्यक्ष एवम ‘विद्यार्थी महोत्सव २०८१’ का संयोजक धर्म गिरीले विद्यार्थी आन्दोलनको भावी कार्यदिशा र मोडालिटी नै परिवर्तन गर्नेगरी विद्यार्थी महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । आगामी राजनीतिक एजेण्डा, मुलुकको समृद्धी र नेपालमा उत्पादित दक्ष जनशक्ति विश्व बजारमा बिक्ने खालको शिक्षा प्रणाली बनाउन दबाब दिने उद्देश्य अनुसार […]

कर्णाली खेलकुद मुख्‍य समाचार

राराकप कबड्डी महिला र पुरुष दुवै उपाधि सुर्खेतलाई

२८ वैशाख, काठमाडौं ।  कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा तालको किनारमा आयोजित कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ । रारा किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेत जितेको हो । शुक्रवार प्रथम उपाधि लागि […]

मुख्‍य समाचार समाचार

सर्वोच्चबाट दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

२८ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री रविन्द केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छ्ट्ने भएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार मुख्यमन्त्री केजरीवाललाई ठूलो राहतमा १ जुनसम्म अन्तरिम जमानत छोड्न आदेश दिएको हो । न्यायाधीशद्धय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो । […]

समाचार समाज

५० ग्राम सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

२८ वैशाख, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवा पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका […]

मनोरन्जन

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुध्द, सभामुख परामर्शमा व्यस्त

२८ वैशाख, काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अवैध चलन गरेको बिषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन । आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो । तर प्रमुख प्रतिपक्षको माग पूरा हुननसक्दा वैठक नै बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले […]

मुख्‍य समाचार समाज

बडाहाकिमले छोरालाई जागिर त दिएनन्, सिकाईदिए अंग्रेजी

२८ वैशाख, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाले परिवर्तन भन्दैमा त्यो जनताको जीवन उकास्न सहयोगी भएन भने त्यसको कुनै अर्थ नहुने बताएका छन् । आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ९७ वर्षिय थापाले उद्योग, शिक्षा र व्यापार व्यवसाय खोल्दा देश र जनताको समेत हित हुनेगरी हुनुपर्ने चर्चा गरे । नेपालमा केबल कार सेवाका प्रथम प्रयोक्ता […]

मुख्‍य समाचार राजनीति समाचार

बजेट र नीति कार्यक्रममा प्रविधि उच्च प्राथमिकतामा छ मन्त्री शर्मा

२८ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसपटकको बजेट र नीति कार्यक्रममा प्रविधिलाई उच्च प्राथमिकतामका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार आईसीटी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचना र प्रविधिको क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्ने हो भने युवाहरु विदेश जान नपर्ने भन्दै यसपालीको बजेटमा प्रविधिको विकास प्राथमिकतामा रहने बताइन् […]

जीवनशैली मुख्‍य समाचार समाचार स्वास्थ्य

खानेकुरामा होस नगरे गर्मीमा परिन्छ बिरामी

२८ वैशाख, काठमाडौं । गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ । मौसमले रोग ल्याउने मात्र होइन, अनुकूलको खानपान शैली नअपनाउँदा गम्भीर रोगको सिकार समेत भइन्छ । गर्मी मौसममा शरीरले जाडोयामभन्दा केही फरक खाना खोज्छ । सरसफाइको कमी र जथाभावी खाना, पानीको कारणले विभिन्न प्रकारका रोगको जोखिम बढ्छ । गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा […]

राजनीति

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरुले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरुलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् । त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसदको कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसदमा […]