३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

सिरहामा खेतको सिमाना विवादमा सँधियारको हत्या

३ जेठ , सिरहा । सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ । कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट […]

मुख्‍य समाचार समाचार समाज

लागूऔषधसहित ३ विदेशी महिला पक्राउ

३ जेठ, काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी

३ जेठ, काठमाडौ । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् । “ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले सुडानको भ्रमणपछि राष्ट्रसङ्घीय न्युज सेन्टरले केन्द्रले उहाँलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई […]

अर्थ मुख्‍य समाचार

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच सहकार्य सम्झौता

३ जेठ,काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका छन् । दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध […]

मुख्‍य समाचार राजनीति

कांग्रेसकाे अवराेधपछि राष्ट्रिय सभा बैठक स्थगित

३ जेठ , काठमाडौ । राष्ट्रिय सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। बैठक सुरू भए लगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको […]

खेलकुद मुख्‍य समाचार समाचार

कोशीसँगको हारले ललितपुर–११ पनि बाहिरियो

३ जेठ, काठमाडौं – ललितपुर मेयर्स–११ तेस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता २०२४ मा कोशी प्रदेशसँग ६ विकेटले पराजित भएसँगै फाइनल दौडबाट बाहिरिएको छ । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विकेटकिपर काजोल श्रेष्ठ ४५ बलमा ३ चौकासहित ३६, अप्सरी बेगम ७ र टिका साहले २५ […]

मुख्‍य समाचार समाज

मानव अधिकार आयोगले भन्यो : अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर

३ जेठ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्‍यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएको हो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस […]

मुख्‍य समाचार राजनीति समाचार

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

३ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास […]

मुख्‍य समाचार समाचार

पूर्वप्रधानसेनापति सिंहको निधन

३ जेठ, काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए। उनको कार्यकालमा नेपाली […]

मुख्‍य समाचार राजनीति

बागमतीका संसदीय समितिमा डेढ वर्षपछि बल्ल सभापति चयन गरिँदै

३ जेठ, हेटौंडा । बागमती प्रदेश सभाका विषयगत समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । बिहीबार समितिमा रहने सदस्यहरुको नामावली प्रकाशन भएको छ । सभामुख भुवनकुमार पाठकले सहमतिबाटै सभापतिहरुको टुंगो लगाउने प्रयास गरिरहेको जानकारी दिए । ‘सहमतिकै आधारमा सभापतिहरु चयन गर्ने प्रयास गरिरहेको छु । दलहरुसँग छलफल भइरहेको छ’, पाठकले भने । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बेलायतमा ९ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने

३ जेठ, काठमाडौ । बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि […]