२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

२४ असार, धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर […]

मुख्‍य समाचार समाचार समाज

रारातालमा सवा अर्ब लगानीको लक्जरी रिसोर्ट बन्ने

२४ असार, काठमाडौं । अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै आएका छन् । रारा भ्रमण गर्ने नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटक लक्षित गरी लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको रारा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण

२४ असार, चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् । […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

२४ असार, चितवन । ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दै

२४ असार , काठमाडौं । संघीय संसद अन्तर्गतका आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ । सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११ ः ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरि, अर्थ समितिको […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

२४ असार, तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा […]

मुख्‍य समाचार समाचार

नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो

२४ असार, नवलपरासी । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए । “वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेनीका सात विद्यालयको कक्षा घटुवा

२४ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले […]

मुख्‍य समाचार समाचार समाज

लुटपाटमा संलग्न ३ जना अत्याधुनिक हतियारसहित पक्राउ

२४ असार , मुगु । हतियार देखाएर लुट्दै हिड्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ  । आइतबार साझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

२४ असार, गण्डकी । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

२४ असार , काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरमा किसानलाई हल गोरु वितरण

२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश […]