ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
४ जेठ, काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रको एकमात्र रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भाडाको घरमा रहेकाले एक्सरे र फार्मेसी सेवा सञ्चालनका लागि ठाउँको अभाव भएको छ । एक्सरे यन्त्र राख्न नौ इञ्च गारोसहितको भवन आवश्यक पर्नेमा सो नहुँदा सेवा दिन समस्या भएको हो । यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो । […]











