३ चैत्र २०८२, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङमा विद्यार्थी विहीन विद्यालयमा ४ शिक्षक

४ जेठ, बागलुङ सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको […]

मुख्‍य समाचार समाज

तेह्रथुममा ढाका महोत्सव सुरु

४ जेठ, तेह्रथुम । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० वटा स्टल राखिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य सङ्घ तेह्रथुम […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

स्याङ्जाका किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

४ जेठ, स्याङ्जा । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख […]

मनोरन्जन मुख्‍य समाचार

‘गाउँ आएको बाटो’ विजेतालाई मोबाइल फोन

३ जेठ , काठमाडौं । निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ । फिल्म युनिटले ‘आफ्ना बुबालाई आफ्ना छोराछोरीलाई चिठ्ठी लेख्नुहोस् र पढेर भिडियो बनाउनुहोस अनि जित्नुहोस आर्कषक मोबाइल फोन’ भन्ने प्रचार सामाग्री सार्वजनिक गर्दै प्रतियोगिता आयोजनाको जानकारी दिएको हो । निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढ्यो

४ जेठ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट बढेर तीन सय ११ पुगेको छ । निकुञ्जमा वयस्क भाले ८१, अर्धवयस्क भाले ३१, वयस्क पोथी एक सय दुई, अर्धवयस्क पोथी ३८ र भर्खरै जन्मेका […]

मुख्‍य समाचार राजनीति

केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको पक्षमा रहेको आरोप लगाएका छन् । शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ […]

खेलकुद मुख्‍य समाचार समाचार

कञ्चनपुरमा भलिबल खेलाडीलाई सेनाको सहयोग

४ जेठ , कञ्चनपुर । कञ्चनपुर नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो । कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उनीहरुलाई पढ्न सहयोग गर्दैआएको छ । खेलाडीको नियमित प्रशिक्षणका […]

मुख्‍य समाचार राजनीति

गिरीबन्धु टी-इस्टेट फाइल खोल्न राप्रपाको माग

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका छन् । सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव छ । बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्न उनको आग्रह छ । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग […]

मुख्‍य समाचार समाचार

कीर्तिपुरमा खुकुरी हानाहान १० जना पक्राउ

४ जेठ, काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का […]

मुख्‍य समाचार समाज

नेपालमा भेटियो नयाँ प्रजातिको चरा

४ जेठ, काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको छ । नेपालका चराविद शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

४ जेठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको […]

मुख्‍य समाचार राजनीति

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ […]