२४ श्रावण २०८३, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँमा किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

२७ असार, तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका […]

मुख्‍य समाचार राजनीति

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

२७ असार, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक […]

मुख्‍य समाचार समाचार समाज

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

२७ असार, काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सांसद थापालाई मातृशोक

२७ असार, भक्तपुर । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिए । लामो समयदेखि दम तथा निमोनियाको उपचार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतमा वर्षाजन्य घटनामा २२ को मृत्यु

२७ असार, भारत । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् । बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ […]

मुख्‍य समाचार राजनीति

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

२७ असार, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका […]

मनोरन्जन मुख्‍य समाचार

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

२७ असार, काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले […]

मुख्‍य समाचार समाचार समाज

५९ वर्षीया वृद्ध बलात्कृत, ३६ वर्षीय युवक पक्राउ

२७ असार , कपिलवस्तु । कपिलवस्तुमा ५९ वर्षीय वृद्धलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी […]

मुख्‍य समाचार समाज

कठजोरमा बन्यो नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको सालिक सहितको पार्क

२७ असार , रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको सालिक सहितको पार्क निर्माण भएको छ । अधिकारीको जन्म स्थल कठजोरको कठजोर चौरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । वडा कार्यालयले नमुना (कृष्णलाल) पार्क निर्माण बनाएर उहाँ प्रति सम्मान प्रकट गरेको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

२७ असार, फिलिपिन्स । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । “पिकअपमा सवार रहेका […]

मुख्‍य समाचार समाचार समाज

जनसाङ्ख्यिक स्थितिको लेखाजोखा

सन्दर्भ विश्व जनसङ्ख्या दिवसः जनसाङ्ख्यिक स्थितिको लेखाजोखा २७ असार, काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस अर्थात् जुलाई ११ को मूल नारा ‘समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर सबैका लागि सुदृढ र समतामूलक भविष्यतर्फ’ भन्ने रहेको छ । आज विश्वको जनसङ्ख्या करिब आठ अर्ब १३ करोड पुगेको छ । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास […]

मुख्‍य समाचार समाचार समाज

सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि

२७ असार, काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे । श्रद्धाञ्जलि कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं […]