४ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

१३ जेठ, म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका […]

मुख्‍य समाचार राजनीति

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार […]

खेलकुद समाचार समाज

राससकर्मी कार्कीलाई खेलकुद पत्रकारिता पुरस्कार

१३ जेठ , सङ्खुवासभा राष्ट्रिय समाचार समिति (रासस) सङ्खुवासभा समाचारदाता भविन कार्कीले ‘सङ्खुवासभा खेलकुद पत्रकारिता पुरस्कार’प्राप्त गरेका छन् । जिल्ला फुटबल सङ्घले उनलाई रु २० हजार राशिको उक्त पुरस्कार शनिबार प्रदान गरेको हो । पुरस्कार प्रदान गर्न आयोजित सङ्क्षिप्त कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष भरतकुमार घिमिरेले खेलकुद क्षेत्रको विकास तथा जिल्लाका खेलगतिविधिलाई जनसमक्ष पुर्याएबापत राससकर्मी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’कार्यक्रम

१३ जेठ, म्याग्दीमहिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’सञ्चालन गरेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम

१३ जेठ, तनहुँ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ । धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले बताए। कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ […]

मुख्‍य समाचार राजनीति

संघीय सदनका दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

१३ जेठ , काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफललाई आजको बैठकमा अघि बढाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजका लागि डाकिएको दुवै […]

मुख्‍य समाचार राजनीति

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक बस्दै

१३ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासमा शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे बस्ने तय भएको छ । शीर्ष नेताहरुको बैठकले नै संसदीय समितिको कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा […]

मुख्‍य समाचार समाज

थारु-नेपाली-अंग्रेजी शब्दकोश सार्वजनिक

१३ जेठ, काठमाडौं । थारू–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबीच लोकार्पण गरेका हुन् । रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा लिखित उक्त शब्दकोशको प्रकाशन रामलगन चौधरी (थारू) ले गरेका हुन् । ७१६ पृष्ठको सो शब्दकोशमा पुर्वीया थारू भाषालाई केन्द्रमा राखेर तयार गरिएको छ । लेखकद्वय […]

मुख्‍य समाचार समाज

ढोकामै धुलो फालिएकोप्रति सडक डिभिजनले भन्यो– ‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’

१३ जेठ, काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ । ‘काठमाडौंका सडक निर्माण तथा […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ […]

मुख्‍य समाचार समाचार समाज

आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

१३ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको […]