११ श्रावण २०८१, शुक्रबार
खेलकुद समाचार समाज

राससकर्मी कार्कीलाई खेलकुद पत्रकारिता पुरस्कार

१३ जेठ , सङ्खुवासभा राष्ट्रिय समाचार समिति (रासस) सङ्खुवासभा समाचारदाता भविन कार्कीले ‘सङ्खुवासभा खेलकुद पत्रकारिता पुरस्कार’प्राप्त गरेका छन् । जिल्ला फुटबल सङ्घले उनलाई रु २० हजार राशिको उक्त पुरस्कार शनिबार प्रदान गरेको हो ।

पुरस्कार प्रदान गर्न आयोजित सङ्क्षिप्त कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष भरतकुमार घिमिरेले खेलकुद क्षेत्रको विकास तथा जिल्लाका खेलगतिविधिलाई जनसमक्ष पुर्याएबापत राससकर्मी कार्कीलाई पुरस्कृत गरिएको बताए । उनले पत्रकार कार्कीलाई नगद पुरस्कारसहित कदरपत्र पनि प्रदान गरे। राससकर्मी कार्की एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्