४ चैत्र २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको विनिमय दर

१३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, आज युरो बढेर आएको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

१३ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का  देखि मध्यम […]

मुख्‍य समाचार राजनीति

सदनमा युवा वर्गको सहभागिता बढ्नु नै गणतन्त्रको अर्को उपलब्धी हो–झाँक्री

१३ जेठ, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकिकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले गणतन्त्र आएपछि समाजका धेरै पक्षमा सुधार आएको बताएकी छन् । आईतबार राजधानीमा परिवर्तन अभियान नेपालले आयोजना गरेको ‘सङ्घीय गणतन्त्रामक शासन व्यवस्था, विगत र वर्तमानको समीक्षाः आगामी कार्यभार विषयक’ संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । नेत्री झाँक्रीले गणतन्त्रलाई  पूर्णरुपमा संस्थागत गर्न आवश्यक […]

अर्थ मुख्‍य समाचार

कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको

१३ जेठ , काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९-८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिसकेपछि आयोजित सार्वजनिकीकरण कार्यक्रममा […]

मुख्‍य समाचार समाज

ढुंगा–बालुवा ठेक्कामा भ्रष्टाचार आरोपमा १० कर्मचारीसहित १३ विरुद्ध मुद्दा

१३ जेठ , काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा आर्थिक अनियमितता गरेको आरोपमा १० कर्मचारसहित १३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७६-७७ मा भएका दुई ठेक्कामा भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, तत्कालीन लेखा अधिकृत […]

मुख्‍य समाचार समाज

६ सय ६० जना गर्भवती र सुत्केरीको उद्धार

१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हालसम्म छ सय ६० जना गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिएको जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विसं २०७५ देखि विसं २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

१३ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ […]

पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

१३ जेठ, भरतपुर । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन् । यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

तनहुँमा बाढीको पूर्व सूचना दिन साइरन जडान

१३ जेठ, तनहुँ । जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो । आयोजनाको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरका सीमा नाकाको हेल्थ डेस्क कर्मचारी छ महिनादेखि तलबबिहीन

१३ जेठ, कञ्चनपुर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङमा मौरी मर्न थालेपछि रित्तिँदै घार

१३ जेठ, बागलुङ । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन् । २०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको […]