४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाज

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

१६ जेठ नवलपरासी । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा […]

मनोरन्जन मुख्‍य समाचार समाज

एफक्युबमा मध्यरातमा दर्शकसँग पल शाहको भेट

१६ जेठ , काठमाडौं । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गरेका छन् । प्रदर्शनको छैटौं दिन मङ्गलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गरेका हुन् । दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार स्वास्थ्य

म्याग्दीका स्वास्थ्य शिविरमा ४ सय बिरामीको उपचार

१६ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको […]

मुख्‍य समाचार समाज

दलित विकास प्राधिकरण स्थापना गर्ने सरकारको घोषणा

१६ जेठ , काठमाडौं । सरकारले दलित विकास प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै मंगलबार अथमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरे । उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्तिकरण कार्य गर्ने संरचना एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत […]

मुख्‍य समाचार समाचार समाज

सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे

१६ जेठ , काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्  । अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश […]

‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’

१६ जेठ, पर्सा । औद्योगिक नगरी वीरगञ्जका उद्योगी÷व्यवसायीले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१-८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उद्योगले पैठारी (आयात) गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने […]

मुख्‍य समाचार समाज

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको ७ दशक पूरा 

१६ जेठ , काठमाडौं । आज अन्तराष्ट्रिय  सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन […]

मुख्‍य समाचार समाज

२ करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

१६ जेठ , काठमाडौं । प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गुरुङले काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार जेनेस सलुशन […]

खेलकुद मुख्‍य समाचार

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

१६ जेठ , काठमाडौं । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् । नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । […]

खेलकुद मुख्‍य समाचार

वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

१६ जेठ , काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित ग¥यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे । उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद […]

खेलकुद मुख्‍य समाचार समाचार

राखेपद्वारा आठ खेलाडी पुरस्कृत

१६ जेठ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१६  जेठ ,काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र  बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र  बिक्री दर १३३ रुपैयाँ […]