५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

महाधिवेशनको तयारीमा मोबाइल व्यवसायी, संचारमन्त्रीले उदघाटन गर्ने

१७ जेठ , काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्ने भएको छ । महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रालिमा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी दिइयो । महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा […]

मुख्‍य समाचार समाचार समाज

३० हजार घुससहित पक्राउ परेका नायब सुब्बाविरुद्ध मुद्दा दायर

१७ जेठ , काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको हो। जग्गा नामसारी गर्ने प्रयोजमा सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

१७ जेठ, कैलाली । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मङ्गलबार ४२ डिग्री […]

पर्यटन मुख्‍य समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

१७ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजङ्घा हिमाल क्षेत्रमा दुई याममा पर्यटक […]

मुख्‍य समाचार समाज स्वास्थ्य

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

१७ जेठ, काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’‘केपी २’‘केपी ३’र ‘केपी ४’देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले […]

मुख्‍य समाचार राजनीति

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा

१७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज यहाँ आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’भएको बताएका हुन् । “वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पर्वतका विद्यार्थीले बनाएको ड्रोनको सफल परीक्षण

१७ जेठ, पर्वत । यहाँको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् । नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परीक्षण गरेका हुन् । कक्षा […]

खेलकुद मुख्‍य समाचार

क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए आश्वासन

१७ जेठ , काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षण गरेका छन् । बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘पाँच वर्षको सबैभन्दा ठूलो बजेटमा आइपुगेका छौं । तर चाहनाहरु असिमित छन् तर स्रोत र साधन […]

मुख्‍य समाचार समाज

मन्त्रालयलाई बजेट अपुग भएकोमा महिलामन्त्री असन्तुष्ट

१७ जेठ , काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला मन्त्रालयमा अहिलेको नीति तथा कार्यक्रमबाट पनि पर्याप्त बजेट नआएको गुनासो गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजित इनफ अभियानको औपचरिक सुरुवात कार्यक्रममा उनले महिला मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा पनि पर्याप्त बजेट नआउनु दुखद् विषय रहेको बताइन् । उनले भनिन्,‘ मुलुकमा ५१.४ प्रतिशत महिला र अलि […]

मुख्‍य समाचार समाचार

श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय होइन  : श्रममन्त्री

१७ जेठ , काठमाडौं । श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुखद् विषय भएको बताएका छन् । विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने […]

मुख्‍य समाचार राजनीति

संवैधानिक परिषदसम्बन्धी विधेयक पारित

१७ जेठ , काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिबाटसंवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयकसर्वसम्मत पारित भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासनसमितिको बैठकले विधेयक सर्वसम्मत रुपमा पारित गरेको सभापति रामहरी खतिवडाले जानकारी दिए । उनले भने,‘संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

गुल्मीमा उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

१७ जेठ, गुल्मी । गुल्मीमा मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । ‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य […]