५ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

२९ जेठ , काठमाडौं । आईसीसी टी ट्वान्टी–२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग झिनो रन अन्तरले पराजित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराउँदै लगातार तेस्रो जित निकालेको हो। दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ […]

मुख्‍य समाचार राजनीति समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२९ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ […]

मुख्‍य समाचार समाचार समाज

‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

२९ जेठ , काठमाडौं । ललितपुरमा आजबाट ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटल एसोसियसन नेपाल (हान), नेपाल […]

मुख्‍य समाचार समाचार समाज

सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

२९ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए भने बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल आज साँझ जेनेभा प्रस्थान गर्ने, आइएलओको सामाजिक न्यायसम्बन्धी सभालाई सम्बोधन गर्ने

२९ जेठ , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) साँझ स्वीटजरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम संगठनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलले सो कार्यक्रममा मुख्य वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

२८ जेठ , काठमाडौँ । महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ गरेको छ ।  प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । उनले एमालेका नेता महेश बस्नेतबिरुद्ध […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल भारतबाट स्वदेश फिर्ता

२८ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार स्वदेश फर्किएका छन् । आइतबार दिउँसो भारत गएका उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ जेठ , काठमाडौं । सिरहाको नवराजपुरस्थित एक आधारभूत विद्यालयको भवनका लागि खर्च भएको भन्दै काम नै नगरी १४ लाख ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन […]

मनोरन्जन मुख्‍य समाचार

नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ फिल्म

२७ जेठ , काठमाडौं । १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन् । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा महोत्सव आगामी असार ७–९ गते काठमाडौंमा हुने भएको छ । महोत्सवका लागि दक्षिण […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

२८ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र […]

मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा 

२८ जेठ , काठमाडौं । बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ । आफ्नो क्षमता र योग्यताअनुसारको रोजगारीको खोजीमा रहेकालाई काम र कामदार चाहिएका रोजगारदातालाई जोड्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा आयोजना गरेको मेला बागमतीमा पनि हुन लागेको हो । जेठ १७ गतेदेखि सुरु मेला […]

मुख्‍य समाचार समाचार समाज

श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको प्रष्टीकरण

२८ जेठ , काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ । श्री केश तेलका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कम्पनीले दाबी गरेअनुसारको गुणस्तर नभएको भन्दै प्रश्न उठ्ने क्रम बढेपछि कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएको […]