११ श्रावण २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

२८ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्