सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
१४ साउन, डुम्रे । जिल्लाको देवघाट गाउँपालिका–२बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो । एक सय चार […]











