८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

९ असार, चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गत साता […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक सुरु

९ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

मुख्‍य समाचार समाचार समाज

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

९ असार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेशसभा बैठक मङ्गलबार बस्ने

९ असार, मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिए । यस्तै यही असार १३ […]

मुख्‍य समाचार समाचार समाज

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

९ असार, मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई थापाको सुझाव, ‘भनेको नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको […]

मुख्‍य समाचार समाचार समाज

१९ वर्षीय युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

९ असार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरी प्रक्राउ गरेको छ । १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जैसवालले ती […]

पर्यटन मुख्‍य समाचार

 पर्यटकीय गन्तव्य बन्दै ठोरी

९ असार वीरगञ्ज । विसं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आए । तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमणबाट ठोरीलगायत आसपासको जङ्गल जोगाउनकै लागि भनेर नयाँ बस्ती बसाल्ने योजना सारेसँगै श्रेष्ठसहितका व्यक्तिहरु आधा दर्जनभन्दा धेरै पहाडी जिल्लाबाट बसाइँ सरेर आउने […]

मुख्‍य समाचार समाचार

भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार

९ असार, भोजपुर । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताए। अहिले […]

मुख्‍य समाचार समाचार समाज

खानेपानी सुविधाले ल्याएको खुसी

९ असार, इलाम इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत् खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताए। फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन […]

मुख्‍य समाचार समाचार समाज

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

९ असार, काठमाडौं । क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् । क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने,  २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको […]

मुख्‍य समाचार राजनीति

बजेटमा वन पैदावार उद्योगहरुलाई विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण

९ असार, काठमाडौं । सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा वन पैदावार सम्बन्धमा विभेद गरेको भन्दै नेपाल प्लाईउड उत्पादक संघ र जैविक उर्जा व्यवसायी संघले आपत्ति जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघहरुले सरकारले वन जंगलमा खेर गइरेका दाउरा, वनमारा र डढेलोको मुख्य कारकतत्व लगयतमा मूल्य अभिवृद्धि कर लगाएको तर सोही […]