लारः कथा भित्रका कथाहरु (समीक्षा)
वास्तविक घटनाहरुमा आधारित एवम् प्रेरित, मनोवैज्ञानिक कथा लेख्ने सर्जक मुना चौधरीद्वारा लिखित ‘लार’ कथासङ्ग्रह समाजको ऐनाको रुपमा देखिएको छ । ‘लार’ कथा सङ्ग्रहमा त्यस्ता कथाहरु कथिएको छ जुन हाम्रो समाजमा उहिलेदेखि अहिलेसम्म चलिआएका कथ्यहरु छन् । गाउँ समाजमा देखिने र सुनिने परिदृश्यलाई कथाको प्रसङ्गले सत्यलाई उजागर गर्दा व्यक्ति एवं समाज समयसँग हिँड्नुपर्ने पाठ सिकाउँछ । […]











