७ चैत्र २०८२, शनिबार
गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

धवलागिरि आइफल पदमार्ग निर्माणमा तीव्रता

१३ असार, म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ । पर्यटन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

१३ असार, कालीकोट । कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा  पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, […]

मुख्‍य समाचार समाचार

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

१३ असार ,तनहुँ : मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । […]

मुख्‍य समाचार समाज

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

१३ असार ,झापा, : मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकपको इतिहासमा चार पटक आमने सामने भएका भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै 

१३ असार ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग […]

खेलकुद मुख्‍य समाचार

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

  १३ असार , काठमाडौँ : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले […]

मुख्‍य समाचार राजनीति

रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने 

१३ असार ,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। उनले रिङरोडको विस्तारकार्य ढिलाई भैरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्ष गराउँदा समेत कामले गति नलिएको र वेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् । काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा […]

मुख्‍य समाचार समाज

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

१३ असार, नवलपरासी । हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

१३ असार, बागलुङ । जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमबीच […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

औद्योगिक प्रदर्शनी सम्पन्न

१३ असार, हुम्ला । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबारसम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुटलगायत सामग्री राखिएको थियो । उद्योग […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

१३ असार, कालीकोट । फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

१३ असार, दमौली । जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको […]