७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

१४ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । “जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन २०४९ उल्लेखनीय […]

मुख्‍य समाचार समाचार

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’

१४ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् । उनीहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरेका छन् । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको […]

मुख्‍य समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

१४ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, […]

मुख्‍य समाचार राजनीति

संसद्मा राजनीतिक हावी हुँदा अरु विषय ओझेलमा’

१४ असार, काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले संसद्मा राजनीतिक विषय मात्र हावी हुँदा अरु विषय प्राथमिकतामा पर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय संसद् दिवसका अवसरमा आयोजना गरिएको ‘संसद् र प्रतिनिधित्वको सवाल अन्तर संवाद’मा धारणा राख्दै सभापति पन्तले सांसदहरुको प्रतिनिधित्व कमजोर भइरहेको बताए । उनले भने, “संसद् आलोचनात्मक हुन […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठकः प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

१४ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेएका छन् । आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा

१४ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’नगर घोषणा गरिएको छ । नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे । नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

१४ असार, चितवन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् । फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्छ […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

१४ असार, गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने÷नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा […]

मुख्‍य समाचार राजनीति

सदनमा सांसदको चिन्ता : ‘विकासका नाममा विनाश बढ्दै गयो’

१४ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन–झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गरे। […]

मनोरन्जन मुख्‍य समाचार

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

१४ असार, जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख […]

मुख्‍य समाचार राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

१४ असार ,जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भरतपुरमा सुरु भो राष्ट्रिय वृक्षारोपण दिवस

१४ असार, काठमाडौँ । चितवनको भरतपुरमा वृक्षारोपण गर्ने अभियान सुरु भएको छ । भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा प्रज्ञा स्मार्ट पार्क, भरतपुर,रामनगरबाट वृक्षारोपण गर्ने अभियान सुरु भएको हो । एक समारोहका विच भरतपुर महागरपालिकाकी मेयर रेनु दाहालले साईकस नामक विरुवा रोप्दै अभियानको सुरुवात […]