८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

विप्लव समूहले यात्रुबाहक बस बगाएको घटनास्थलमा उद्धारमा कार्यकर्ता खटाउने

२८ असार , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुईवटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् । विप्लवले […]

मुख्‍य समाचार समाज

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

२८ असार , गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो […]

मुख्‍य समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँँदै

२८ असार , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ । बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँपटक विश्वासको […]

मुख्‍य समाचार समाज

शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा

२८ असार , कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिमा परेको हो । कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको […]

मुख्‍य समाचार समाज

ढुङ्गा लागेर चालकको मृत्यु

२८ असार , चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको […]

मुख्‍य समाचार समाचार समाज

साल्पासिलिछो द्वारा निःशुल्क प्राविधिक शिक्षा

२८ असार , भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो । यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान […]

मुख्‍य समाचार समाज

चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

२८ असार , चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी […]

मुख्‍य समाचार समाज

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

२८ असार , सुदूरपश्चिम । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् । अन्तक्र्रियामा जलवायुसम्बन्धी जानकार बालकृष्ण […]

मुख्‍य समाचार समाज

कास्की पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

२८ असार , कास्की । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो । पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन […]

मुख्‍य समाचार समाचार समाज

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

२८ असार , भैरहवा रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो । काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट […]

मुख्‍य समाचार समाज

कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

२८ असार , कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले राससलाई […]

मुख्‍य समाचार समाज

म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

२८ असार , म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको आज विहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र […]