८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

छ परिवारलाई सुरक्षित स्थानमा सारियो

२८ असार , म्याग्दी । पहिराको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका छ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै […]

मुख्‍य समाचार राजनीति समाज

तदर्थ सरकार सञ्चालन गर्ने कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

२८ असार , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको प्रष्ट पारे । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै उनले त्यस्तो बताए । “नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन”, प्रधानमन्त्रीले भने, “प्राविधिक तयारीका लागि […]

मुख्‍य समाचार समाज

कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन

२८ असार , मकवानपुर । मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन् । कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ । यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौँतर्फ जोड्ने […]

मुख्‍य समाचार समाज

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

२८ असार , काठमाडौँ । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिए । त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष डा दाहालले आज रासससँग कुरा गर्दै विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो […]

मुख्‍य समाचार राजनीति समाज

शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको छ : प्रधानमन्त्री

२८ असार , काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य  भएको  बताएका छन् । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर  थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ ।’ साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति […]

मुख्‍य समाचार समाज

अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु

२८ असार , काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी […]

मुख्‍य समाचार समाज

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द

२८ असार , काठमाडौँ । सडक विभागले गत बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गरिएको बताएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त […]

मुख्‍य समाचार राजनीति समाज

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

२८ असार , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उहाँले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा […]

मुख्‍य समाचार राजनीति

प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह

२८ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान गएको पहिरोमा परी दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार […]

मुख्‍य समाचार राजनीति समाज

‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’

२८ असार , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ […]

मुख्‍य समाचार राजनीति समाज

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

२८ असार , काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गरेएका छन् । अविरल वर्षाका कारण देशका […]

मुख्‍य समाचार राजनीति समाज

पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रचण्ड

२८ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् ।  शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म  प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन ।  म पहिलो  […]