११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान सुरु गर्ने

२८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

विवाह परम्पराको कथामा ‘वर एण्ड वधु’

२८ साउन, काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए । “पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, […]

मुख्‍य समाचार राजनीति समाचार

खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै : मन्त्री भण्डारी

२८ साउन, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताएका छन् । सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै खाद्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने, सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए । उनले भने,‘सार्वजनिक खरिद […]

मुख्‍य समाचार समाचार समाज

युवाहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले सीप र प्रोत्साहन दिनुपर्छ : अध्यक्ष थेबे

२८ साउन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  सोमबार नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सोही क्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले अब पनि राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौ भने देश विकास हुन नसक्ने बताए । उनले भने, ‘युवाहरुको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नहर भत्किँदा धानखेतीमा क्षति

२८ साउन, दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ । गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार […]

मुख्‍य समाचार समाचार समाज

पृथ्वी राजमार्ग विस्तार : पश्चिम सडकमा पाँच पुल निर्माण

२८ साउन, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन् । पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ । उनका अनुसार गत वर्ष […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

२८ साउन, गण्डकी । पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् । यान्त्रिक अवस्था […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सहजपुर–बिपीनगर–बोगटान सडक हस्तान्तरण

२८ साउन, गोदावरी । सहजपुर–बिपीनगर–बोगटान सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटर पिएलआर–कुमार जेभीले निर्माण गरेको हो । सहजपुर–बिपीनगर–बोगटान सडकका सिनियर डिभिजनल इन्जिनियर सबिन जोशीले गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया पूरा भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई […]

मुख्‍य समाचार समाचार समाज

अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध

२८ साउन, म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अन्नपूूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२-११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युत्विहीन बनेको हो । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को […]

मुख्‍य समाचार समाचार समाज

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

२८ साउन, भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बङ्गलादेश : अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

२८ साउन, बङ्गलादेश । बङ्गलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन् । “आवामी लिग पार्टीले बङ्गलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,”सखावत हुसेनले भने, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।” गृहमन्त्रीको यो भनाइ बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

२८ साउन, भारत । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो । घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि […]