१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

मन्दिर जाँदै गर्दा स्कुटर दुर्घटना : छोराको मृत्यु, आमा गम्भीर घाइते

२८ साउन,  काठमाडौँ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीया अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । लु १९ प ८८७५ नम्बरको मोटरसाइकल […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादीले भन्यो-तत्काल नेतृत्वमा ‘प्रचण्ड’को विकल्प छैन

२८ साउन,  काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको जनाएको छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व […]

समाचार

भालुको आक्रमणबाट एक जना घाइते

२८ साउन, डोटी । डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते भएका छन् । आदर्श गाउँपालिका-४ देहीका १७ वर्षीय विष्णु बोहरा भालुको आक्रमणबाट घाइते भएका हुन् । माछेखोला भन्ने गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनलाई सोमबार दिउँसो भालुले आक्रमण गरेको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय गोपाल विष्टले […]

मुख्‍य समाचार समाचार समाज

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटियो

२८ साउन, काठमाडौं । जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका-९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल र शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन […]

मुख्‍य समाचार राजनीति समाचार

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीको स्थायी कमिटी बैठकमा पार्टी कमिटीको आकार घटाउने प्रस्ताव

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए । उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातल माथि उठ्नु […]

मुख्‍य समाचार राजनीति समाचार

युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले युवाहरुलाई स्वेदशमै  राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सोमबार काठमाडौंमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताए । उनले भने, ‘युवाहरुलाई म के भन्न चाहन्छु भने विवेक प्रयोग गर । मान्छेको विवेक […]

मुख्‍य समाचार राजनीति

‘दुई व्यक्तिलाई कार्यकारी अधिकार दिंदा परिणाम आउँदैन्’

२८ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सम्बद्ध संस्थाहरुमा दुई व्यक्तिलाई कार्यकारी भूमिका दिंदा परिणाम राम्रो नआएको औंल्याएका छन् । सोमबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा उनले आगामी दिनमा संचारसँग सम्बन्धीत कानुनहरु बनाउँदा दुई व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिन नहुने राय राखे । ‘दुईजना प्रमुखहरु […]

मुख्‍य समाचार समाचार समाज

अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई  निर्देशन दिएको छ । काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई […]

मुख्‍य समाचार समाचार समाज

‘चीनको आधुनिक विकास मोडेल र लगानी नेपाललाई आवश्यक’

२८ साउन, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको आधुनिक विकासको मोडेल र लगानी नेपाललाई आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल–चीनमैत्री समाजद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नेपालको आर्थिक संकुचन व्यापार घाटाको अवस्थामा छिमेकी मूलुकहरुको आर्थिक वृद्धिको लाभ नेपालले लिन आवश्यक रहेको बताए । उनले भने,‘ यतिखेर मुलुकको आर्थिक संकुचन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गते पुनः बस्ने

२८ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गते पुनः बस्नेगरी सकिएको छ । साउन २३ गतेदेखि केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा  सोमबार ११ प्रस्तावमाथि नेताहरुले आ आफ्नो धारणा राखे । बैठकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक […]

मुख्‍य समाचार समाज

पहिरापीडितलाई अस्थायी बसोबासको व्यवस्था

२८ साउन , गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिराबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ । नगरपालिकाले सोही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ । नगरपालिकाबाट बाँससहित टहर […]