१२ चैत्र २०८२, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कुवापानीको पहिरोले आदिबराह पुरियो

३१ साउन, पर्वत । जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको […]

मुख्‍य समाचार समाचार

नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा नयाँ तथ्य भेटिएन

३१ साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीले नयाँ तथ्यहरु फेला नपारीकन प्रतिवेदन बुझाएको छ । भारतबाट समातेर ल्याइएका बेचन झामाथि काठमाडौं प्रहरीले अनुसन्धान चलाइरहेको थियो । झाविरुद्ध अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा दायर गरेको अभियोग पत्रमा प्रकरणबारे कुनै नयाँ तथ्यहरु उल्लेख छैनन् । […]

मुख्‍य समाचार समाचार

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

३१ साउन, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए । उनीहरुको […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

३१ साउन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

बिहीबार बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने

३१ साउन अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पुर्व घोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन् । उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

म्यान्माकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान

३१ साउन, म्यान्मार । जेलजीवन विताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ । सन् २०२१ को सैन्य ‘कू’पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उहाँका भाइबीच दशकौं लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

जनैपूर्णिमाका लागि सिङ्गारिँदै गोसाइँस्थान

३१ साउन, धुलिखेल (काभ्रेपलाञ्चोक) । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका साथै वडाको सहयोगमा रङरोगन गरिँदैछ । रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत

३१ साउन, टीकापुर । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियामा बेरोजगारी वृद्धि

अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ३१ साउन, अष्ट्रेलिया ।‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

३१ साउन, भोजपुर । वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि […]

मुख्‍य समाचार समाचार समाज

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न

३१ साउन, काठमाडौँ । धनुषा, महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण […]