१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली

८ असाेज,  न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि मनसुन फेरि सक्रिय, कृषि क्षेत्रमा असर पर्न सक्ने

८ असाेज, काठमाडाैँ ।  बर्खे बाली भित्र्याउने बेला फेरी मनसुन सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

८ असाेज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

८ असाेज, काठमाडाैँ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय […]

मुख्‍य समाचार समाचार समाज

जितिया पर्वः आजदेखि ३६ घण्टासम्म निर्जल उपवास सुरु

८ असाेज, काठमाडाैँ । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ […]

मुख्‍य समाचार समाचार समाज

दुई वटा सवारी साधन एकआपसमा ठोक्किदा ११ जना घाइते

८ असाेज, काठमाडाैँ । कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा सवारी साधन भ्यान एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा भ्यान एक आपसमा ठोक्किंदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । सोमबार खाँदबारीदेखि तुम्लिङटार […]

मुख्‍य समाचार समाचार समाज

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

७ असाेज, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज २०८० सालको एसईई पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। कुल २ लाख १० हजार ३२१ जनाले आवेदन फर्म भरेकामध्ये १ लाख १९ हजार ४२५ जनाले पूरक परीक्षा उत्तीर्ण गरेका छन्। परीक्षा आवेदन फर्म भरेकामध्ये करिब ३ हजार परीक्षार्थीले […]

मुख्‍य समाचार समाचार समाज

एसपी बिष्टसहित ४ जना प्रहरी पुरस्कृत

७ असाेज, काठमाडौँ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका-२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो । एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने […]

मुख्‍य समाचार समाचार

पूर्व सचिवसहित ४ जना भ्रष्टाचारी ठहर, तोकियो ८ वर्ष १ महिना कैद र करोडौँ जरिवाना

७ असाेज, काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

७ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् । सामाजिक सन्जालबाट ओलीले कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नेपाल र श्रीलंकाको मित्रता र सहकार्य बढाउनको लागि आफू तयार भएको ओलीले बताएका छन् । ओली अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डले अनुरालाई चुनाव जितेकोमा बधाई र श्रीलंकाली जनतालाई मार्क्सवादीलाइ जिताएकोमा […]

मुख्‍य समाचार समाचार समाज

भोलिदेखि चार दिन वर्षाको सम्भावनाः गर्मी घट्ने, धानबालीलाई असर गर्न सक्ने

७ असाेज, काठमाडौँ । मंगलबारदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ। मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला मंगलबारदेखि भने वर्षा हुने भएको हो। सोमबार जनकपुरको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो। तर, मंगलबारदेखिको वर्षाले तापक्रम घटाउने र जनजीवनमा केही राहत हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। पाक्न लागेको धानबालीलाई भने असर पुर्‍याउने […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलंका पराजित

७ असाेज, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंका जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग […]