१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

११ असाेज,  काठमाडौँ । गुल्मी छत्रकोट-१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ती परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ । किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

११ असाेज, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

११ असाेज, काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफको भेटवार्ता भएको छ । राष्ट्रसङ्घको मुख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

विश्वका शक्ति राष्ट्रहरुले राखेको युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

११ असाेज, काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाह सशस्त्र समूह विरुद्धको सैन्य कारवाही पूर्ण शक्तिका साथ जारी राख्न आफ्नो सेनालाई निर्देशन दिनुभएको छ । अमेरिका, बेलायत, इयु लगायतका केही शक्ति राष्ट्रहरुले अस्थायी युद्धविरामका लागि आव्हान गरे पनि इजरायलले त्यसलाई बेवास्ता गर्दै लडाई जारी राखेको छ । हिजो एकै दिनमा इजरायली सैन्य कारवाहीका कारण […]

मुख्‍य समाचार समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

११ असाेज, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार

एएफसी यु-२० एसियन कप : नेपालले आज बहराइनसँग भिड्दै

११ असाेज, काठमाडौँ । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ । समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

११ असाेज, न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, […]

मुख्‍य समाचार राजनीति समाचार

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा

११ असाेज, वशिङ्टनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् । उनले भनिन्, “हामीहरूको साझा घर पृथ्वीमा […]

मुख्‍य समाचार समाचार

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

११ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको […]

मुख्‍य समाचार समाचार

अरिङ्गालले टोकेर चारजना घाइते

१० असाेज, लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, […]

समाचार समाज

ह्वात्तै घट्यो मूल्यवृद्धि

१० असाेज, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि ह्वात्तै घटेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा वार्षिक विन्दुगतउपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा […]

समाचार समाज

तीन फरार प्रतिवादी दुबईबाट पक्राउ

१० असाेज, काठमाडौँ । नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबरजस्ती करणी कसुरसम्बन्धी […]