१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

लेदो माटोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

११ असोज, मलेखु । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको […]

मुख्‍य समाचार समाचार समाज

१३ घण्टादेखि देशैभर भारी वर्षा

११ असोज, काठमाडौँ ।  पछिल्लो १३ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो

११ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ । मौसम विभागले सूचना मार्फत  उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता […]

पर्यटन मुख्‍य समाचार समाज

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

११ असोज, गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन […]

मनोरन्जन मुख्‍य समाचार समाज

यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस

११ असोज, वीरगञ्ज(पर्सा) । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शङ्कराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि […]

पर्यटन मुख्‍य समाचार समाज

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

११ असोज, चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्वमा तीन हजार सात सय ६५ प्रहरी परिचालन गरिने

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरि सुरक्षा योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा […]

मुख्‍य समाचार राजनीति

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

११ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी मन्त्री डा राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरुका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेको […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन् । शुक्रबार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण  गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् । उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले […]

मुख्‍य समाचार समाचार समाज

दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ । साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई […]

मुख्‍य समाचार समाज

घोडेपानी जोड्ने नयाँ पदमार्ग

११ असोज, म्याग्दी । कास्कीको नयाँ पुुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएको छ । तेह्र वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–सरौ–ताङले–भूमरकोट–फलाते–डाँडाकेटेरो–थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएको हो । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूत स्तरको पूर्वाधार तयार भएको […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

१ असाेज,  काठमाडौँ । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उहाँले बताउनुभयो । केही स्थानमा पहिरो खसेको […]