तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
११ पुस, अत्तरिया (कैलाली) । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आएको छ । बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उसले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेको हो । उसले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु चारदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए […]











