१५ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्दै छ । बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।् यस्तै,विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]

मुख्‍य समाचार समाचार समाज

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ . पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो । आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने छ । प्रवक्ता जगन्नाथ खतिवडाका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ  । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ । हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा […]

जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन

त्रिशूली (नुवाकोट), १ पुस :  धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् । दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजार बढी दर्शनार्थी आएका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ, १ पुस । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएको हो । “अहिलेको सरकार संसद्का ठूला दुई […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् । नेपाल […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण

काठमाडौं । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रीकालीन उडान सुरु गरेको छ । सोमबार साँझ संचारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्री उडान शुभारम्भ भएको हो । सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे । वुद्ध एयरले रात्रीकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रीकालीन […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस नेताहरूद्वारा पूर्वनगरप्रमुख सिंहप्रति श्रद्धाञ्जली अर्पण

१ पुस, पाटन (ललितपुर) । आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ । ८७ वर्षको उमेरमा निधन हुनुभएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २:३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । स्वर्गीय सिंहलाई […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

१ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् । निजी क्षेत्रको क्षमता अभिवृद्धि, […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पाकिस्तानविरुद्ध नेपाल छ विकेटले विजयी

१ पुस, काठमाडौँ । महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग-यो । नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाएकी हुन् । यस्तै, सोनी […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजिनक

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णहरु सोमबार प्रवक्ता पृथ्वी सुव्वा गुङले एकमुष्ठमा सार्वजनिक गरेका हुन् । यस्ता छन् २७ गतेको बैठकका निर्णयहरु : १.महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व. २०८१/८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी […]

बागमती मुख्‍य समाचार समाचार समाज

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

१ पुस, काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । सोमबार उनले धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गरेको […]