११ आश्विन २०८३, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति

काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे । उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक […]

बागमती मुख्‍य समाचार समाचार

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे । उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको […]

बागमती मुख्‍य समाचार समाचार

स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

काठमाडौं । अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (एनएएस–आइटी) ले सरकारलाई बुझाएको पूर्व–बजेट सिफारिसमा कर सुधारदेखि संस्थागत पुनर्संरचना, शिक्षा, रोजगारी, साइबर सुरक्षा र निर्यात प्रवद्र्धनसम्मका विषय समेटिएका छन् । संस्थाले […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०८२ को २०८३ वैशाख १४ गते अर्थात् भोलीदेखि सुरु हुने वार्षिक परीक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक […]

बागमती मुख्‍य समाचार समाचार

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको नेता प्रदिप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन् । उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् । आचार्यले संसदमा प्रस्तुत हुने विधेयकमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन् । आचार्यको आधिकारिक वेबसाइट मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

गाजामा इजरायली आक्रमण : छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो । चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङरको फुटेजमा, एक शोकाकुल आमा आफ्नो छोरा, एक प्रहरीलाई बिदाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार विहान डोजार चालाएको हो । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो । शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन […]

बागमती मुख्‍य समाचार समाचार

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका […]

बागमती मुख्‍य समाचार समाचार

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७औँ स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे । कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित […]