१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कार्यसम्पादनमा उत्कृष्टता : बाजुराका प्रधानाध्यापक शुभराज पाध्याय प्रथम श्रेणीमा बढुवा

बाजुरा । बडीमालिका नगरपालिका स्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत माध्यमिक तहबाट प्रथम श्रेणीमा बढुवा भएका छन् । शिक्षा क्षेत्रप्रति समर्पित पाध्याय लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा विद्यालयले विभिन्न […]

गण्डकी मुख्‍य समाचार समाचार

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

टक्सार भोजपुर, ४ चैतः हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

काठमाडौं । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो । डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो । महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग 

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो । पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने भएका हुन् । मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । […]

मधेश मुख्‍य समाचार समाचार

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी हुन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेता त्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् । अध्यक्ष ढकालले […]

मधेश मुख्‍य समाचार समाचार समाज

हावाहुरीको वितण्डास् रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् । विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० […]