१५ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । आयोगले आज बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने भएको हो । गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चैत दशैंको नवरात्र आजदेखि सुरु

काठमाडौ । आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गगन थापा दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पार्टीबाट राजीनामा दिएका हुन् । सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित […]

बागमती मुख्‍य समाचार समाचार

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

जनकपुर । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन् । पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र शौन्दर्यीकरणका […]

कोशी मुख्‍य समाचार समाचार

कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा

इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि फागुन ७ गते तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भई अब चैत्र ७ गते आयोजना हुने भएको हो । अवार्ड कार्यक्रम नयन मिडिया फाउण्डेशनले आयोजना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा […]

मधेश मुख्‍य समाचार समाचार

स्वास्थ्यकर्मी सरुवामा विवाद : डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ । मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ सर्भिस अन्तर्गत आठौँ तहका मेडिकल अधिकृत डा. बृजेन्द्र कुमार साह लाई सिराहाको लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालबाट सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा सरुवा गरिएको हो । तर, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कार्यसम्पादनमा उत्कृष्टता : बाजुराका प्रधानाध्यापक शुभराज पाध्याय प्रथम श्रेणीमा बढुवा

बाजुरा । बडीमालिका नगरपालिका स्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत माध्यमिक तहबाट प्रथम श्रेणीमा बढुवा भएका छन् । शिक्षा क्षेत्रप्रति समर्पित पाध्याय लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा विद्यालयले विभिन्न […]

गण्डकी मुख्‍य समाचार समाचार

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

टक्सार भोजपुर, ४ चैतः हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार […]