२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बरेङमा बसाइँसराइले बस्ती सुनसान

ढोरपाटन बागलुङ, ११ फागुन । पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् । बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट बागलुङ, ११ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मिथिला महाकुम्भ यात्राको तयारी

महोत्तरी, ११ फागुन । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल मिथिलाका बासिन्दा […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा कास्की, ११ फागुन । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

कञ्चनपुर, ११ फागुन । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास गरिएको हो । “गर्मी […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

काभ्रेपलाञ्चोक, ११ फागुन । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन प्यापीलोमा भाइरस विरुद्धको खोप लगाएका छन् । यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

म्याग्दी, ११ फागुन । रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । आर्थिक वर्ष २०७३र ७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल भाषाका साहित्यकार सम्मानित

काठमाडौँ, ११ फागुन । काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गरेका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार […]

अर्थ मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत

घोराही दाङ, ११ फागुन । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी भुइँऐसेलुको खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशी प्रदेश औषधी व्यवसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

बिराटनगर । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् । निर्वाचनमा प्रदेश अध्यक्षमा धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशक देखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन् । शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई […]