१० श्रावण २०८३, आईतवार
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

जुम्लामा १०२८ जनाले पाए घरदैलो निःशुल्क स्वास्थ्य सेवा

६ फाल्गुन, मुगु । कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हिमा, सिंन्जा गाँउपालिका र कालीकोटको नाग्मामा बस्ने नागरिकले सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग

काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग गरेका छन् । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

ललितपुर, ६ फागुन । बालविवाह अन्त्यका लागि विद्यमान ऐन, कानुुन, नीतिको व्यावहारिक प्रचलन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार यहाँ आयोजना गरेको ‘विवाहको उमेर सम्बन्धमा कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक छलफलमा सहभागीले बालविवाह हुने समुदाय, वर्गलाई लक्षित गरी प्रभावकारी कानुन कार्यान्वयनसँगै चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताएका […]

कोशी खेलकुद पर्यटन मुख्‍य समाचार समाचार समाज

खेल महोत्सवले सितली बजार खचाखच

फिक्कल इलाम, ६ फागुन । जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ । प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलविद्युत उत्पादकलाई हात बाधेर राखियो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना ः लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्

६ फाल्गुन, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन । जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार

फुङ्लिङ ताप्लेजुङ, ६ फागुन । यहाँको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए । दक्ष […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

क्यान्सरपीडितद्वारा सहयोगको याचना

जुम्ला, ६ फागुन । रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेका छन् । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गरेका हुन् । भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत छन् । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

६ फाल्गुन, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो । […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण

मलङ्गवा सर्लाही, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

काठमाडौँ, ६ फागुन । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस […]