१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् । बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

काठमाडौँ, ३० पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो […]

कोशी मुख्‍य समाचार समाचार

षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

भोजपुर, ३० पुस : भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

काठमाडौं । प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन् । प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बु स्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन् । उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ । उनी आज तेस्रो दिन पनि अस्पतालमा छन् । चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ। बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो। घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न […]

मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

थारू बस्तीमा माघीको चहलपहल सुरू

कैलाली, ३० पुस : कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरू भएको छ । विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिए […]

कर्णाली मुख्‍य समाचार समाचार

‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि

कर्णाली, ३० पुस : सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय […]

बागमती मुख्‍य समाचार समाचार

बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि […]

बागमती मुख्‍य समाचार समाचार

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुर नवलपरासी, ३० पुस : गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प […]

मुख्‍य समाचार लुम्बिनी समाचार

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

घोराही दाङ, ३० पुसः यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका […]

बागमती मुख्‍य समाचार समाचार समाज

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ। प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२÷११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति […]