दीपक माविका विद्यार्थी च्याउखेतीमा
म्याग्दी, ४ जेठ । बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन् । विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका […]











