१ श्रावण २०८३, शुक्रबार
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

लोमान्थाङ मुस्ताङ, ३१ वैशाख । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ ।     पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण यहाँ अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ, ३१ वैशाख । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।     मङ्गलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।     बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परिक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परिक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।     सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ ( एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन् ।     उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

तामाखानी उत्खननका लागि खोजतलास सुरु

ढोरपाटन बागलुङ, ३१ वैशाख । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ ।     खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् ।     त्यहाँ रहेको तामाखानीहरु विसं १९८१ सम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक, ३१ वैशाख । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।     साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ ।     बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए।     उनले विसं २०२१ देखि २०२८ सालसम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

वीरगञ्ज पर्सा, ३१ वैशाख । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन ।     गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।   वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री रोजगार कार्यक्रम : बाँझो बारीमा आलुखेती

पर्वत, ३१ वैशाख । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।     मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

विराटनगर, ३१ वैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।     गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।     गृहमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

काठमाडौँ, ३१ वैशाख । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।     अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।     बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न […]