१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ, ७ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

भक्तपुर, ७ माघः आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने क्षेत्र नं २ बाट नेकपा एमाले का महेश बस्नेतले यसवर्ष तेस्रो […]

मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बाजुरा, ७ माघः आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन पाल्पा, ७ माघः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका हुन् । जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

महेन्द्रनगर, ७ माघः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी नेमकिपाले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, ७ माघः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकी ६ः०० बजेसम्म २९२५ को उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको […]

अर्थ मुख्‍य समाचार समाचार

तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा रु एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई रु २८ खर्ब छ अर्ब ३९ करोड पुगेको हो । हाल सरकारले तिर्न बाँकी कूल सरकारी […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

निर्वाचनको लागि भारत सरकारद्वार ६१ वटा गाडी हस्तान्तरण

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए । उनको अनुसार भारतले आसन्न निर्वाचलाई मध्यनजरगरी विभिन्न प्रकारका ५३८ वटा […]

मुख्‍य समाचार समाचार समाज

‘जीवन्त सगरमाथा’ रणनीतिः जलवायु परिवर्तनको मारमा सगरमाथा, दिगो रणनीतिमा साझा सहकार्यको आह्वान

काठमाडौं । सगरमाथा क्षेत्रलाई वातावरणीय रूपमा सुरक्षित, आर्थिक रूपमा आत्मनिर्भर र सामाजिक रूपमा समावेशी बनाउने गरी रणनीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘जीवन्त सगरमाथाः नेपालको पर्वतीय उद्यमशील लगानी’ भन्ने नाराका साथ काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधता संरक्षण, स्थानीय समुदायको सशक्त भूमिका र सम्पूर्ण निकायबीचको सहकार्य बारेमा सरोकारवालाहरूले जोड दिएका […]