१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

काठमाडौँ, ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र […]

मधेश मुख्‍य समाचार समाचार

धनुषामा १५८ जनाको मनोयन दर्ता

जनकपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विवरणअनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर धनुषा–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

६०८ दिन अन्तरिक्षमा बिताएकी सुनिता विलियम्सले नासाबाट लिईन अवकाश

काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् । तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्तिमान कायम गरेकी छन् । उनले अन्तरिक्षमा जम्मा ६०८ दिन बिताउँदै नासा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चर्चित नेताहरुसहित सर्लाहीमा १३९ जनाको उम्मेदवारी दर्ता

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लामा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य देखिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरुका कार्यालयका अनुसार क्षेत्र नं– १ मा २९ जना, क्षेत्र नं– २ मा ३१ जना, क्षेत्र नं– ३ मा ३४ जना […]

बागमती मुख्‍य समाचार समाचार

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ, ७ माघः रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई […]

गण्डकी मुख्‍य समाचार समाचार

बाँसखर्कमा मुख्यमन्त्री नवप्रर्वतन कार्यक्रम

म्याग्दी, ७ माघः पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मङ्गलबार पोखरामा कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ। आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्दा निम्नमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। मान्य परिचयपत्रहरूमा निर्वाचन आयोगले जारी गरेको मतदाता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् । आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् । तिनै मध्येका एकहुन नेपालकै पहिलो अर्बपति बिनोद […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ । नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता तथा पत्रकार महेश्वर दाहालले विद्रोही उम्मेदवारी दर्ता गराएका छन् । दाहालले पार्टीका नेता हरिबोल गजुरेल, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व […]