१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूको अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताए । उनले भने, ’निर्वाचन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कृषि विकास बैंकले प्रगति गरिरहे पनि चुनौती थपिएका छन् : अध्यक्ष डिमप्रसाद पौडेल

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् । बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ । बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

काठमाडौं । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको […]

बागमती मुख्‍य समाचार समाचार

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

बैंककमा नेपालका गन्तव्य र अनुभव प्रदर्शन गर्दै पर्यटन बोर्ड र निजी कम्पनीहरू

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू प्रदर्शन गरिँदैछ । […]

बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधी सभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

सुर्खेत । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ । ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो । महानगरपालिकाका अनुसार ०६७–धय–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा मिति २०८०÷०८÷०१ मा भएको फैसलालाई आधार […]

बागमती मुख्‍य समाचार समाचार

कपिल कसपालको शब्दमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

भक्तपुर । गायक तथा गीतकार कपिल कसपालको शब्दमा सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको छ । एस.पी.जे. आर्ट एण्ड म्युजिक तथा विनिता साँस्कृतिक कला प्रवद्र्धन केन्द्रको संयुक्त प्रस्तुति रहेको ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको हो । भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

विश्वविख्यात ओटीटी प्लेटफर्म अमेजन मा हरिवंशको भूठान

काठमाडौं । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो । विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ, ७ माघ , मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको […]