२१ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।   शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।   शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।   शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय अन्तरगत राखेर आवश्यक ऐन र नियमावलीको व्यवस्था गर्ने हो भने यसले प्रभावकारी बढ्ने बताए […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको बताए ।   उनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति पौडेलले पठाए ढुंण्डीराज शास्त्रीको परिवारलाई समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा समाजवादी चिन्तनका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साँच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरे ।   राष्ट्रपति पौडेलले वि सं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई २०८२ सालको जेठ महिनाको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।   खड्काले विभागीय मूल्य–मान्यता तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहससहित आफ्नो कर्तव्य निर्वाह गरेका कारण यस सम्मानका लागि चयन गरिएको कार्यालयले उल्लेख […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।   काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।   आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जनयुद्धकै कारण नेपाली किसानहरुले अधिकार पाए : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् ।   शुक्रबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्धारा ४८ औँ जुगेडि किसान संर्घष तथा ३४ औँ किसान संर्घष दिवसको अवसरमा बोल्दै उनले जनयद्ध र किसानहरुको बलमा राजतन्त्रको अन्त्य भएको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित

जनकपुर । जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ । आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।   केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि, विद्यार्थीहरुले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए । यादवले क्याम्पस प्रमुख वसन्त कर्णलाई प्रवेश पत्रबारे […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सुनचाँदीमा लगाइएको करका बारेमा बुझ्न जरुरी छ, आन्दोलनबारे सोच्नुहोला’

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुसँग छलफल भएको छ ।शुक्रबार मिति २०८२/०२/१५ गतेको बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल भएको हो ।   सोहीक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले विलासिता कर लागू भएपछि प्रत्येक कारोबारमा कानूनी बिलिङ् अनिवार्य हुने भन्दै यसले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिएका छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।   शुक्रबार काठमाडौंमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकहरूको पक्षमा सरकारको सक्रियता […]