नवलपरासी बर्दघाट सुस्ता पश्चिम, २३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका २ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताएका छन् । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ । इलाका प्रहरी […]
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २ र ३ गते हिन्दकुश हिमालय संसदीय सम्मेलनको आयोजना गर्न लागेको छ । शुक्रबार बसेको समितिको बैठकमा उक्त सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल भएको छ । सोही क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले […]
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन् । उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप […]
काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वस्थ्य बीमा ऐन २०७४ मा […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक रहेको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवमा बोल्दै उनले भौतिक पूर्वाधारको विकास वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक रहेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ । वन, […]
काठमाडौँ, २३ जेठ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्नु भएन, अभाव देखाएर भाग्नु […]
मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशक देखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ । यहाँ गाँउमा रहेका २२ घर परिवारको दैनिक बिहान उठ्य देखी बेलुका सम्म तरकारी खेति बारीमा ब्यास्तहुर्ने गरेका छन् । हेनीकाँध गाउँका सबै घर परिबार बेमैसमी र मैसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध गाउँको मुख्य […]
बनियानी झापा, २३ जेठ । झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जिपी भवनको निर्माण कार्य सुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत रु तीन करोड […]
महेन्द्रनगर धनुषा, २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने । त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।
तनहुँ, २४ जेठ । हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई […]
काठमाडौं । सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् । शुक्रबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रुपमा जानुपर्ने बताएका हुन् । ‘हाम्रो व्यहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी […]