यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि
काठमाडौँ, २३ जेठ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ । नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र रग्बी […]











