३१ असार २०८३, बुधबार
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

गण्डकी, ३० जेठ । लहरै गुुचमुच्च घरहरू, ढुुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो । गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयुको ३०औँ दीक्षान्त समारोह दोस्रो चरणलाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।     “दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, ३० जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गरेकी छन् ।     सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै उनले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि  नेपालका मित्रराष्ट्र तथा विश्व समुदायसँग […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ: गृहमन्त्री लेखक

काठमाडौँ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन् ।     प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन  जरुरी रहेको बताए । प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उनको भनाइ थियो ।     “सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु सीमित स्रोत र साधानका भरमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने– “सरकारले प्रर्याप्त ध्यान दिँदैछ, दिन्छ ।” आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।     “अपराधमा पनि विज्ञानको प्रयोग […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पोखरामा सुनचाँदी व्यवसायीको आन्दोलन जारी

पोखरा । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन आज पनि जारी छ । संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ ।     बिहीबार संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमा व्यवसायीहरूले वर्तमान  कर संरचना,  सुन आपूर्ति […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटना स्थलको अवलोकन गरेका छन् । शुक्रबार प्रधानमन्त्री मोदीले अहमदाबादको विमान दुर्घटना स्थल साथै अस्पतालमा पुगेर दुर्घटनाबाट बाँचेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।   विहीबार उक्त स्थानमा एयर इन्डियाको उडान एआई १७१—बोइङ ७८७— ड्रीमलाइनरको दुर्घटना भएको थियो । जसमा २४२ जना सवारमध्ये धेरैजसोको मृत्यु भएको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

फुङ्लिङ ताप्लेजुङ, ३० जेठ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन ४० किलोको एक मन चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रति मन रु ४० हजारमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए ।   शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

रौतहट । पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।     पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

जनकपुर । धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।     आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

पाटन ललितपुर, ३० जेठ । सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।     नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा  पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।     “अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘खाडी पुगेका महिलाहरुले वेदना पोखिरहँदा मन्त्रीहरु के हेरेर बसिरहनु भएको छ ?’

काठमाडौं । शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।   सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल […]