३१ असार २०८३, बुधबार
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा हुने भन्दै स्थिर नीति आवश्यक रहेको बताएकी हुन् । उनले भनिन्,‘हामीले नीतिलाई स्थिर नगर्ने हो […]

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले विश्व बैँक नेपालले तयार गरेको छ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे। उनले भने, ‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

जनकपुर । मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।     विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कालो मोसो प्रहार प्रकरण : न्यायाधीशहरूको पिएसओ परिवर्तन

रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशहरूको व्यक्तिगत सुरक्षा (पिएसओ)परिवर्तन गरिएको छ । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहारको घटनापछि १३ जना न्यायाधीशहरूको पिएसओ परिवर्तन गरिएको हो ।     नेकपा बहुमतका कार्यकर्ताहरूले विहीवार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा.खुसीराम थारु र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित , षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए ।   उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्नसक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए ।     उनले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत रहेकाले यसको गलत सम्प्रेषण नगर्न आग्रह […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

शहिदको दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने समातिए

जनकपुरधाम । जनकपुरधाम २३ स्थित शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना

खोकना(ललितपुर) । खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।   मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ । खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए ।     उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए । अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई […]