३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

३ असार, काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।   राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।   सोही […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्न लागेको हो ।   पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।   बैठकको एजेन्डाबारे भने […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम

सप्तरी । नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि निरन्तर क्रियाशील संस्था हो । विशेष गरी प्रतिष्ठानले स्कुले शिक्षक र विद्यार्थीलाई नसर्ने रोग रोकथाम, […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन नहुनुमा राजनीतिक स्वार्थ छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा उनले बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको भन्दै यो मुद्दालाई निष्पक्ष छानबिन नगर्नुको पछाडि केही स्वार्थ रहेको बताए । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् ।   राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता समेत गराएका छन् ।   उच्च अदालत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् ।     मंगलबार संघीय संसद भवन बाहिर बोल्दै उनले वर्तमान गृहमन्त्री रमेश लेखकले सदनमा गत वर्ष उभिएर एकजना प्रतिपक्ष उभिंदा पनि विरोध हुन्छ भन्ने अभिव्यक्ति दिनुभएको […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ ले प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । यही असार ६ र ७ गते आयोजना हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुने प्रतियोगिता संयोजक इश्वर श्रेष्ठले जानकारी दिए ।   उनका […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

काठमाडौं । सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सहकारी पत्रकार समाज र सहकारी विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘सहकारी दिगोपनाका लागि भावी रणनीति’ विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई संविधानको तेस्रो पिल्लरको रूपमा स्वीकार गरिएपनि व्यवहारमा त्यस अनुसार न्याय नभएको टिप्पणी गरेका हुन् ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट बागलुङ, ३ असार  । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन ।     बागलुङ बजारदेखि घोडाबाँधेसम्मको  सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम विरुद्ध अरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत(आठौं तह) कमल राज गौतम विरुद्ध आरोप पत्र दायर गरेको छ । उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरितका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।   गौतम उपर बिगो रु.२,५१,७८,६८७.७१ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीको आन्दोलन जारी, भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।   सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत सुन, चाँदी, […]