काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्यमा आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७३ पैसा र बिक्रीदर १५९ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक […]
काठमाडौं । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्रत्याभूत गरेको भन्दै सरोकारवालाहरूले पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको डिजिटल मिडिया विभागले गरेको ‘डिजिटल मिडिया ः नियमनको अभ्यास र समस्या’ विषयक अन्तरक्रियामा वक्ताहरूले पत्रकारिता र अभिव्यक्तिलाई फौजदारी अपराधकोरुपमा मुद्दा चलाएर दण्डित गर्ने कार्य उपयुक्त नभएको बताए । […]
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुधबार नेता साह चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् । बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी […]
काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ । शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आमरण अनशनपछि नेपाल स्काउट सँग सम्बन्धित मन्त्रालयको पहलमा छानबिन समिति गठन गरिएको थियो । उक्त समिति […]
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी विनियोजन विधेयक, २०८२ को विभिन्न […]
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । दुई […]
ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका लागि स्थायी सरकार आवश्यक रहेको बताएका छन् । अल्टरनेटिभ फाउन्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा सभापति खतिवडाले वर्तमान शासन व्यवस्था र राज्यको पद्धति बलियो, पारदर्शी र भरपर्दो बनाउन सके सुशासन कायम हुनसक्ने बताएका हुन् । “स्थायी सरकार […]
सिन्धुपाल्चोक । चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ । असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो । भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन […]
काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझाव सहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर […]