१३ चैत्र २०८२, शुक्रबार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार

खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध […]

बागमती मुख्‍य समाचार राजनीति

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ सरकारले संसारभरका नेपालीको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई सदुपयोग गरोस :फाउन्डेसन

अमेरिका । संसारभरि रहेका प्रजातन्त्रवादीहरुको संस्था, जय नेपाल इन्टरनेशनल फाउन्डेशन, ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नेपालमा नवगठित सरकारलाई संसारभरि रहेका नेपालीहरुसंग रहेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकास र रुपान्तरणका लागि उपयोग गर्न आग्रह गरेको छ । ‘विश्वभर फैलिएका नेपालीहरू केवल दर्शक होइनन्, उनीहरू राष्ट्रनिर्माणका सक्रिय साझेदार हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति

कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार

स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । खनाल रास्वपा पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए । यसपालिको चुनावमा उनी काठमाडौं–६ बाट निर्वाचित भएका थिए ।

बागमती मुख्‍य समाचार समाचार

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् । पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो । पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै हालै सम्पन्न आम निर्वाचनमा पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

देउवा र ओलीद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । साथै, उनले आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई दिएका छन् । उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ सरकार गठन : कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

विराटनगर । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा उल्लेख्य जनमत पाउँदै २८ मध्ये १७ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा […]