१ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

बर्दिबासमा भारतीय पाहुना खचाखच

महोत्तरी, १७ पुसः इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् ।

भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालक समेत रहेएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताए ।

“पछिल्ला एक दशकयता नयाँ वर्षका अवसरमा बर्दिबास भारतीय पाहुनाको छनौटमा पर्दै आएको छ । यसले यहाँका पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ, “भारतीय पाहुनाहरू नयाँ वर्षका अवसरमा उत्सव मनाउन आउँदा यताका धार्मिक तथा पुरातात्विक महत्त्वका ठाउँको अवलोकनमा समेत निस्कने गरेकाले प्रचारप्रसारसमेत भइरहेको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष तथा बर्दिबास–३ गौरीडाँडास्थित होटल गुञ्जका सञ्चालक गुञ्जबहादुर कार्कीले पनि नयाँ वर्षको स्वागतमा एक हजार बढी सङ्ख्यामा भारतीय पर्यटक बर्दिबासका विभिन्न होटलमा उत्सव मनाउन आएका बताए। बर्दिबासका साना–ठूला सबैजसो होटलमा भारतीय पाहुना रहेका उनको भनाइ छ ।

बर्दिबासबाट घुमफिर गर्न चुरेसम्म जान सकिने, वनक्षेत्र र प्राचीन धार्मिकस्थलको अवलोकन गर्न पाइने हुँदा उत्सव मनाउन यो ठाउँ मन परेको भारतीय पर्यटक बताउँछन् । सीतामढीबाट सपरिवार नयाँ वर्ष उत्सव मनाउन यहाँ आएका हरिओम शरण नारायण यहाँ आएपछि मन प्रफुल्ल हुने र एक÷दुई दिन भए पनि कोलाहलबाट पर रहेको अनुभूति हुने गरेको सुनाए ।

यस अवसरलाई मनोरञ्जनपूर्ण बनाउन यहाँका होटलले सांस्कृतिक कार्यक्रमसँगै मधेसका विभिन्न परिकार पस्कने गरेका छन् ।

होटल व्यवसायी विष्णु थापाले नयाँ वर्ष आगमनको अवसरमा यस क्षेत्रमा दुई साता लामो शीतलहरले सेलाएको बजारमा चहलपहल बढाएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि