२ फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी, १४ पुस : शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् ।

पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।

भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, त्यसपछि मौसम अनुसार फेरि निर्णय गरिने छ । अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।

अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौँ, बीचको मौसम अनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन् मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए ।

बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै पनि छाडिसकेका छन् , यो अवस्थामा बिदा दिने निर्णय गरियो, उनले भने । स्थानीय तहहरुले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीयतहले बिदा सूचना अघिपछि जारी गरेपनि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए ।

जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि